नेकपा सचिवालय बैठक फेरि अनिश्चितकालका लागि स्थगित


काठमाडौं । सत्तारुढ नेकपाको सचिवालय बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । राजनीतिक नियुक्तबारे छलफल गर्न आज बस्ने तय भएको बैठक अनिश्चितकालका लागि स्थगित भएको हो ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको सचिवालयका चार सदस्य र ७६ सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि बैठक अब कहिले बस्ने टुंगो लागेको छैन् ।

नेकपाभित्र पछिल्लो समय सरकारले गरेको राजनीतिक नियुक्तबारे प्रश्न उठेपछि बैठक बोलाइएको थियो ।

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार