
काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार २ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर १२ हजार ७ सय ८४ जनामा गरिएको परीक्षणमा थप २ हजार २ सय ५३ जनामा कोरोना पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८६ हजार ८ सय २३ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १ हजार ३ सय २९ जना कोरोना निको भई घर फर्किएका छन् ।














