सामाजिक दूरी कायम गरी दसैं मनाउँ– राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले भौतिक दूरी कायम गरी दसैं मनाउन आग्रह गरेकी छन् । विजया दशमी टिकाको अवसरमा सोमबार स्वदेश तथा विदेशमा रहेका नेपालीमा सुख, शान्ति, समृद्धि, आरोग्य, दीर्घायु तथा प्रगतिका लागि शुभकामना व्यक्त गरेकी छन् ।
राष्ट्रपति भण्डारीले मौलिक चाडपर्वको संरक्षण एवं सम्वर्द्धन गर्न समेत आह्वान गरेकी छन् ।

कोभिड –१९ को जोखिम विश्वभर बढेकाले नेपाल सरकारले लागू गरेको स्वास्थ्यसम्बन्धी सबै नियमको पालना गरेर दसैं मनाउन उनको आग्रह छ ।

“आफू र आफ्नो परिवारसमेत सचेत र सजग हुँदै सुरक्षाका उपायहरू अवलम्बन गर्नु सबैको दायित्व हुन आएको छु, शुभकामना सन्देशमा भनिएको छ, विजयादशमी, २०७७ ले हामी सबैमा नयाँ उत्साह, उमंग, जोश र जाँगर थप्ने विश्वासका साथ उत्तरोत्तर प्रगतिको कामना गर्दै मंगलमय शुभकामना व्यक्त गर्दछु”, राष्ट्रपति भण्डारीले शुभकामना सन्देश दिएकी छन् ।

यस पर्वले क्रोध, लोभ, अन्याय, अत्याचार, रोग, व्याधि तथा भोक र शोकले व्याप्त अनेक असत्यताको अन्त्य गर्दै सामाजिक एकता, आपसी सद्भाव र भ्रातृत्व अभिवृद्धिमा टेवा पुग्ने राष्ट्रपतिको विश्वास छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार