शीतल निवास पुगेर प्रधानमन्त्रीले राष्ट्रपतिबाट दसैंको टीका थापे  

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट दसैंको टीका ग्रहण गरेका छन् । सोमबार शीतल निवासमा पुगेर प्रधानमन्त्री ओली र श्रीमती राधिका शाक्यले दसैंको टिका ग्रहण गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए ।

राष्ट्रपतिले प्रधानमन्त्री ओली र श्रीमती राधिकालाई टीका र जमराको माला लगाइदिएका छन् । प्रधानमन्त्री ओलीका बुवा मोहनप्रसाद ओली गृहजिल्ला  झापामा रहेकाले बालुवाटारमा उनले श्रीमती राधिकालाई मात्र दसैं टीका लगाइदिएका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार