डा. भट्टराई दम्पतीलाई कोरोना लागेपछि चिनियाँ कम्युनिष्ट पार्टीद्वारा स्वास्थ्यलाभको कामना


काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको स्वास्थ्यलाभको कामना गरेको छ । डा. भट्टराई र पूर्वमन्त्री समेत रहेकी भट्टराई पत्नी हिसिला यमीलाई कोरोना संक्रमण भएपछि चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले एक पत्र पठाई शीघ्र स्वास्थ्यलाभको कामना गरेको हो ।

साथै पत्रमा डा. भट्टराईले केही महिना अघि हिमालयपार बहुआयामिक सम्पर्क सञ्जाल सहयोग सम्बन्धमा नेपाल र चीनका दलहरुबीचको संयुक्त परामर्श संयन्त्रको पहिलो बैठकमा गरेको सम्बोधनको प्रसंशा समेत गरिएको छ ।

जनता समाजवादीका नेता समेत रहेका डा. भट्टराईले उक्त सम्बोधनमा वान बेल्ट, वान रोडको सहयोगलाई अघि बढाउन समर्थन गरेको पत्रमा उल्लेख गरिएको छ । संक्रमित भट्टराई दम्पतीको स्वास्थ्य अवस्था सामान्य नै रहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार