कैलाली । कैलालीमा एक सोयाबिन उद्योगमा आगलागी हुँदा करिब चार करोड बराबरको क्षति भएको छ । बुधबार बिहान जिल्लाको टीकापुर नगरपालिका–३ शंकरपुरमा रहेको बलायर सोयाबिन उद्योगमा आगलागी भएको कैलाली प्रहरीले जनाउको छ । विद्युत् सर्ट भई आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान छ ।
आगलागीबाट गोदाममा रहेका सर समान, कच्चापर्दाथ लगायत जलेर नष्ट भएको सञ्चालक मनीष बलायरले बताए । आगलागी भएको करिब २ घण्टापछि प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी र टीकापुर नगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।