
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालबीच टेलिफोन संवाद भएको छ । अध्यक्ष ओलीले नेपाललाई टेलिफोन गरेर भेटवार्ताको प्रस्ताव राखेका हुन् ।
बिहीबार बिहान बालुवाटारमा बसेको नेकपा एमालेको स्थायी समिती बैठकले चार नेतामाथिको कारवाही फिर्ता गर्ने निर्णय गरेसंगै अध्यक्ष ओलीले नेपालसंग फोन संवाद गरेका हुन् ।
फोनमा खासै महत्वपुर्ण कुरा नभएको तर नेता नेपालले केहि घण्टापछि कुरा गर्ने बताएको बालुवाटार स्रोतले जनाएको छ ।
बालुवाटारमा सम्पन्न बैठकले नेता नेपाल सहित भीम रावल, घनश्याम भूसाल र सुरेन्द्र पाण्डेको कारबाही फुकुवा गर्ने निर्णय गरेको थियो । तर असन्तुष्ट नेपाल पक्षका नेताहरुले भने कारबाही फुकुवा भन्दा पनि जेठ २ मै पार्टी फर्किनु पर्ने बताइरहेका छन् ।










