ओली र नेपालबीच भेटवार्ता सुरु,सहमती नभए राजीनामा आउने पक्का


काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता सुरु भएको छ । पार्टी भित्रको विवाद समाधानका लागि अन्तिम प्रयास स्वरुप दुई नेताबीच भेटवार्ता सुरु भएको हो । व्यवसायी क्याप्टेन रामेश्वर थापाको काठमाडौंको चपलीस्थित घरमा दुई नेताबीच भेटवार्ता सुरु भएको बताइएको छ ।

यसअघि दुबै नेताबीच फोनमा संवाद भएर आजै भेटवार्ता गर्ने सहमती भएको थियो । आज बिहान बालुवाटारमा सम्पन्न पार्टीको स्थायी समिती बैठकको निर्णयले नेता नेपालसहित चार जनाको कारवाही फुकुवा गरेको थियो । बैठक सकिए लगत्तै अध्यक्ष ओलीले नेता नेपाललाई फोन गरेर भेटवार्ता गर्न प्रस्ताव गरेका थिए ।

ओलीसंग असन्तुष्ट रहेको नेपाल पक्षले आज साँझसम्म सांसद पदबाट सामुहिक राजीनामा दिने बताइरहेका बेला सुरु भएको यो भेटवार्तालाई अर्थपुर्ण मानिएको छ ।

चार जना नेताहरुमाथिको कारवाही फुकुवा गरिए पनि पार्टी जेठ २ गतेको अवस्था मै फर्किनु पर्ने नेपाल पक्षको अडान रहेको छ ।
त्यस्तो हुन नसकेमा साँझसम्म सामुहिक राजीनामा दिने नेपाल पक्षले बताइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार