सांसद तान्ने खेल सुरु, जसपा अध्यक्ष ठाकुरले १३ सांसदलाई रिर्सोटमा लगेर राखे


काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले आफू निकटका १३ जना सांसदलाई एक रिसोर्टमा लगेर राखेका छन् । बिहीबार दिउँसो पार्टी कार्यालय बबरमहलबाट उनले आफ्नो पक्षका सांसदलाई भक्तपुरको एक रिसोर्टमा पुर्‍याएका हुन् ।
अध्यक्ष ठाकुर र पार्टी बरिष्ठ नेता राजेन्द्र महतोले नयां सरकार गठनका लागि आजै काँग्रेस सभापति शेरबहादुर देउवासंग भेटवार्ता गरेका थिए ।

रिर्सोट पुगेका सांसदहरूको साथमा वरिष्ठ नेता महतो पनि छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीसंग सत्ता समिकरण मिलाएर सरकारमा जाने दाउमा लागिरहेका ठाकुर पार्टीभित्र आफ्नो पक्षमा बहुमत सांसदहरु रहेको दावी गर्दै आएको भएपनि १३ सांसदलाई मात्रै रिसोर्टमा भेला गराउन सकेका छन् ।

यता अर्का अध्यक्ष उपेन्द्र यादवले भने काँग्रेस नेतृत्वमा बन्ने नयां सरकार गठनका लागि जसपाका बहुमत सांसदहरु आफ्नो पक्षमा रहेको दावी गर्दै आएका छन् । नेता यादवले ओली सरकार संविधान उलंघन गर्दै निरकुंशतातर्फ गएकाले यसको वर्हिगमन गरि काँग्रेस नेतृत्वमा बहुमतिय सरकार गठन हुनुपर्नेमा जोड दिदै आएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार