झाँक्री भन्छिन्ः ‘ओलीसंग ठोस प्रस्ताव विनाको संवादको अर्थ छैन’


काठमाडौं । नेकपा एमालेकी प्रभावशाली युवा नेत्री रामकुमारी झाँक्रीले ठोस प्रस्ताव विनाको संवादको अर्थ नरहेको बताइकी छन् ।
एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र बरिष्ठ नेता माधव नेपालबीच बुढानिलकण्डमा संवाद चलिरहेका बेला उनले यस्तो बताएकी हुन् ।

नेपाल पक्षकी युवा नेत्री झाँक्रीले संवादमा ठोस प्रस्ताव र लिखित सहमति बिना अलमलमा पर्न नुहने समेत बताएकी छन् ।
दुबै नेताबीच भइरहेको संवादबारे बिहीबार सामाजिक संजालमार्फत आफ्नो प्रतिकृया दिदै उनले भनेकी छन, “ठोस प्रस्ताव र लिखित सहमति बिना अलमलमा पर्नुहुन्न। आफूले संसद विघटन गरेको सहि थियो र छ भन्ने प्रमाणित गर्न प्रभुको ईशारमा यो सबै हुदैछ। ठोस प्रस्ताव बिनाको संवादको अर्थ छैन।”

जनता, लोकतन्त्र र संविधानको रक्षाको लागि आफुहरुको बिद्रोह एक मात्र विकल्प रहेको समेत उनको भनाई छ ।
आफुहरुको आत्मसमर्पणले कम्युनिष्ट आन्दोलनको विसर्जन हुने नेत्री झाँक्रीले उल्ल्ख गरेकी छन् ।

“संविधानको रक्षाको लागि हाम्रो अगाडी एक मात्र बिकल्प हो बिद्रोह । हाम्रो आत्मसमर्पणले कम्युनिष्ट आन्दोलनको बिसर्जन गर्छ। सचेत बनौँ”, उनले सामाजिक संजालमा लेखेकी छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार