अन्तिममा आएर गरिएको संवाद ओलीको सत्ता बचाउने खेल – जैरु


काठमाडौं । नेकपा एमालेकी नेत्री निरा जैरुले अन्तिममा आएर गरिएको संवाद प्रधानमन्त्री केपी शर्मा ओलीको सत्ता बचाउने खेल मात्रै भएको बताएकी छिन् ।

पार्टी अध्यक्ष रहेका ओलीले पार्टीमा गम्भिर समस्या हुँदा हुँदै पनि त्यसको बेवास्ता गरेर अन्तिममा नेताहरुको कारवाही फुकुवा गरेर चलाखी गरेको समेत उनको भनाई छ ।

बिहीबार अनमोलपोष्टसंगको संक्षिप्त कुराकानीमा नेत्री जैरुले चार जना नेताहरुलाई मात्रै कारवाही फुकुवा गर्नुभन्दा पनि पार्टीलाई जेठ २ कै अवस्थामा फर्काएर पार्टी जोगाउनु पर्नेमा जोड दिइन् ।

“चार जना नेताहरुको कारवाही फिर्ता गरेर मात्रै हुँदैन, एकलौटी रुपमा पार्टी अध्यक्षले जिल्लाहरुमा मनोमानी ढंगले अध्यक्षहरु नियुक्ती गरेका छन्, त्यो खारेज गरी पुरानै कायम गरिनुपर्दछ”, नेत्री जैरुले भनिन् ।

पार्टीभित्रका समस्या सुल्झाउन र पार्टी एक ढिक्का बनाएर लैजान बरिष्ठ नेता माधव नेपाल लगायतले आग्रह गर्दा उल्टै कारवाही गरेर तानाशाह प्रवृती देखाउने र अहिले फेरी फुकुवा गर्नुको कुनै अर्थ नरहने उनको भनाई छ ।

राजनीतिमा ओली झुट्टा सवित भइसके दावी गर्दै नेत्री जैरुले अझै पनि पार्टी एक् ढिक्का भएर जनताको सेवामा खटिने अन्त्मि मौका रहेको बताइन् ।

नेपाली जनता कोरोना महामारीले आक्रान्त भइरहेको बेला बिरामीको उपचारका लागि उचित ब्यवस्था र राहातको यथाशिर्घ ब्यवस्था गर्न सरकारसंग माग समेत गरिन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार