नेपाल समुहका सांसदहरुको राजीनामा दुई चार दिनलाई टर्‍यो, ओली लच्किए


काठमाडौं । एमाले बरिष्ठ नेता माधव कुमार नेपाल पक्षका सांसदहरुको राजीनामा दुईचार दिनका लागि टरेको छ ।

बिहीबार एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता नेपालबीच करिब चार घण्टा लामो वार्तामा सहमती नजिक पुगेकाले राजीनामा केहि दिनलाई टरेको हो ।

नेपाल पक्षले अघि सार्दै आएका बिषयमा ओली सकारात्मक देखिएपछि आज दिने भनिएको राजीनामा रोकिएको नेपाल पक्षका एक नेताले बताए । यस बिषयमा दुबै नेताबीच कुनै लिखित सहमती भने नभएको बताइको छ ।

काठमाडौंको चपली हाइटस्थित रामेश्वर थापाको निवासमा सम्पन्न भेटवार्तामा अध्यक्ष ओली पार्टीलाई २ जेठ २०७५ कै अवस्थामा फर्काउन सकारात्मक रहेकाले आफुहरु केहि दिन हेर र पर्खको स्थितीमा रहने नेपाल पक्षका नेताहरुको भनाई छ ।

पार्टी विवाद समाधानका लागि कार्यदल बनाएर अगाडि बढ्ने सहमति समेत भएको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार