
काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो समूहका केन्द्रीय सदस्यहरुको बैठक बोलाएका छन् । नेपाल पक्षका एक केन्द्रिय नेताले बताएअनुसार बैठक शुक्रबार दिउँसो २ बजेपछि भर्चुअल माध्यमबाट हुनेछ ।
नेता नेपालले बिहीबार अध्यक्ष केपी शर्मा ओलीसंग सहमती गरेपछि उनका पक्षीय नेताहरुको फरक फरक प्रतिकृया आइरहेका बेला बैठक डाकिएको छ ।
दुई नेताबीचको छलफलमा पार्टीलाई २ जेठ २०७५ कै अवस्था फर्काउने र अध्यक्ष केपी शर्मा ओली पक्षले आफुखुशी पार्टी जिम्मेवारी बाँडफाँड गरेको बिषयमा छलफल गर्न कार्यदल गठन गर्ने सहमति भएको थियो । उक्त सहमती पश्चात नेपाल पक्षले दिने भनेको सामुहिक राजीनामा रोकिएको थियो ।राजीनामा रोकिएपछि अध्यक्ष ओलीलाई पुनह प्रधानमन्त्री बन्ने बाटो खुलेको थियो । ओलीले आज साढे २ बजे पुनह प्रधानमन्त्री पदको शपथ लिदैंछन् ।











