
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समुहबीच सिंहदरबारमा छलफल सुरु भएको छ ।
केहीबेर अघिबाट सुरु भएको बैठकमा पार्टीभित्रका असन्तुष्टीबारे नेताहरुबीच छलफल सुरु भएको नेपाल पक्षका एक नेताले जानकारी दिए ।
छलफलमा नेपालसहित डा. भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकण विष्ट र रघुजी पन्त छन भने ओली पक्षबाट ओलीसहित नेता ईश्वर पोखरेल, विष्णु पौडेल, सुवास नेम्वाङ र रामबहादुर थापा बादल सहभागी छन् ।
हिजो ओली र नेपालबीच करिब चार घण्टा लामो वार्तापछि भएको सहमतीबारे थप छलफल गर्ने भन्दै दुबै पक्षका नेताहरु सिंहदरवारमा भेला भएका हुन् ।
ओलीसँग वार्तामा बस्नुअगाडि नेता नेपालले आफ्ना केन्द्रीय सदस्यहरुसंग भर्चुअल बैठक गरेका थिए ।
आफू निकट केन्द्रीय सदस्यहरुलाई नेता नेपालले ओलीले पार्टीलाई २ जेठ २०७५ को अवस्थामा फर्काउन तयार भएको ब्रिफिङ गरेका थिए ।
आजको छलफलबाट पार्टीका समस्याबारे समाधान खोज्न कार्यदल गठन गर्ने बताइएको छ ।








