
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच शुरु भएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरवारमा ओली र नेपालबीच ‘वान अन वान’ वार्ता शुरु भएको हो ।
पार्टी विवाद समाधान गर्नका लागि कार्यदल गठन गर्ने बिषयमा दुबै नेताबीच छलफल भइ निर्णय गरिने बताइएको छ ।
शुक्रबार बसेको दुबै समूहका नेताहरुको बैठकले ओली र नेपाललाई कार्यदल गठन गर्नका लागि जिम्मा दिएपछि उनिहरु यसबारे निर्णय गर्न आज पनि वार्तामा बसेका हुन् ।
कार्यदलमा कस कसलाई रुाख्ने भन्ने निक्र्यौल ओली र नेपालले गर्नेछन् । विवाद समाधानका लागि २ जेठ २०७५ कै अवस्थामा पार्टी फर्काउन अध्यक्ष ओली सहमत भएपछि यसबारे दुबै समुहका नेताहरुबीच निरन्तर छलफलमा छन् ।










