
काठमाडौं । पार्टी विवाद समाधान गर्न गठित एमालेको कार्यदलले पार्टी पंक्तिलाई एकआपसमा अन्तरविरोध सिर्जना हुने काम नगर्न आव्हान गरेको छ ।
सिंहदरबारमा मंगलबार बसेको कार्यदलको पहिलो बैठकले यस्तो आव्हान गरेको हो । पार्टी भित्रका अन्तरविरोध समाधान गर्न र पार्टीलाई एकढिक्का भएर अघि बढ्न सहयोगी भूमिका खेल्न समेत पार्टीसंवद्ध सबैमा आग्रह गरिएको कार्यदलका नेताहरुले बताएका छन् ।
बैठकले आफ्नो कार्यक्षेत्र, कार्यविधि र आचारसंहिता तुरुन्त तयार गरी लागू गर्ने निर्णय गरेको नेता डा. भिम रावलले जानकारी दिए ।
उनकाअनुसार कार्यदलको अर्को बैठक भोली फेरी बस्ने छ ।
विवाद समाधान गर्न अध्यक्ष केपी शर्मा ओली २ जेठकै अवस्थामा पार्टीलाई फर्काउन सहमत भएपछि एमाले फुटबाट जोगिएको हो । अध्यक्ष ओली र बरिष्ठ नेता माधवकुमार नेपालबीचको वार्ता सहमतीपछि दुबैतर्फका पाँच(पाँच जना रहनेगरी कार्यदल गठन गरिएको थियो । कार्यदललाई जतिसक्दो छिटो प्रतिवेदन बुझाउन पार्टी नेतृत्वको निर्देशन छ ।










