
मकवानपुर । निवर्तमान गृहमन्त्री एवं नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई पछार्दै राष्ट्रियसभा सदस्यमा डा. खिमलाल देवकोटा विजयी भएका छन् । उनले ५०८८ मतभार पाए भने बादलले ४०१४ मत पाए ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमालेको माधवकुमार नेपाल समूहले देवकोटालाई साझ उम्मेदवार बनाएका थिए ।
वाग्मती प्रदेशसभाका १०५ सदस्यले मतदान गरेकामा देवकोटाले ५८, बादलले ४५ र नेपाल मजदूर किसान पार्टीका कृष्णबहादुर तामाङले २ मत पाए ।
त्यस्तै वाग्मती प्रदेशका स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २३३ जनाले मतदान गरेकामा देवकोटाले १२८, बादलले १०३ र तामाङले २ मत पाए ।
बादलका लागि आज अर्को दुखत समाचार पनि रह्यो, उनलाई सर्वोच्च अदालतले मन्त्रि पदबाट हटाउन आदेश दिएको छ । सांसद नभएका ब्यक्तिलाई पुन मन्त्रिमा नियुक्त गरिएको भन्दै सर्वोच्चमा परेको रिटो उपर सुनुवाई गर्दै बादललाई मन्त्रिका रुपमा कुनै पनि कामकाज नर्गन अन्तिरिक आदेश दिइएको हो ।










