‘छलेर सरकार कब्जा गर्न खोजिएको छैन्’– प्रधानमन्त्री


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले छलेर सरकार कब्जा गर्न नखोजिएको बताएका छन् । शुक्रबार दिउँसो बालुवाटारमा सम्पन्न पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री ओलीले आफुले छलेर सरकार कब्जा गर्न नखोजे बरु वैकल्पिक सरकारका लागि मार्ग प्रस्तत गरेको दावी गरे ।

आफुलाई काम गर्न सधैं अपठ्यारो पारिरहने र वैकल्पिक सरकार पनि दिन नसक्नेले अस्थिरता बढाउन खोजेको आरोप लगाए । आफुलाई प्रधानमन्त्री पदबाट हटाउने खेल एक बर्ष अघिदेखि नै सुरु भएपनि त्यो सफल हुन नसकेको प्रधानमन्त्री ओलीले बताए ।

‘मलाई पदबाट हटाउने मात्रै उदेश्य राख्ने, पुर्वाग्रह राख्ने, आफु सरकारमा पुग्ने इच्छा राखेर गत बर्षदेखि मेरो विरुद्ध खेल चलिरहेको हो । तर, न काम गर्न दिने, न हटाउन सक्ने, खाली प्रतिगमन भन्ने’, उनले भने ।

आफुले संविधानअनुसार नै राष्ट्रपतिलाई बिहीबार वैकल्पिक सरकार गठनका लागि सिफरीस गरेको प्रधानमन्त्री ओलीले जिकिर गरे ।
प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत नलिई बिहीबार वैकल्पिक सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारीस गरेका थिए । राष्ट्रपति भण्डारीले आज साँझ ५ बजेसम्म विपक्षी दलहरुलाई वैकल्पिक सरकारको लागि समयसीमा तोकेकि छन् । जुन संविधानअनुसार नभएको भन्दै आलोचना भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार