युवा संघलाई प्रधानमन्त्रीले भने: ‘चारैतिरबाट आक्रमण भयो, रोक्नुस’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको प्रतिरक्षामा उत्रन युवा संघलाई निर्देशन दिएका छन् । सोमबार जुममार्फत एमाले निकट युवा संघको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारमाथि चारैतिरबाट भइरहेको आक्रमण रोक्न युवा संघलाई निर्देशन दिएका हुन् ।

“सरकारमाथि चारैतिरबाट आक्रमण भइरहेको छ । त्यसलाई भाँड्ने र छेक्ने काममा युवाहरु डटेर लाग्नुस”, प्रधानमन्त्री ओलीले को भनाइ छ ।

हालै सम्पन्न उपनिर्वाचनमा आफ्नो पार्टीले हार व्यहोरेको प्रशंग कोट्याउँदै प्रधानमन्त्री ओलीले कुनै व्यक्ति हार्ने वा जित्ने कुरालाई सरकारले नहेर्ने तर लोकतन्त्रलाई जिताउनु आफ्नो दायित्व भएको बताए ।

ओलीले आफु र सरकारविरुद्ध मिसन पत्रकारिता समेत भइरहेको आरोप लगाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार