
काठमाडौं । उपप्रधानमन्त्री राजेन्द्र महतोको विवादित अभिब्यक्तिबारे प्रधानमन्त्री केपी शर्मा ओलीले स्पष्ट पार्नु पर्ने एमाले शिर्ष नेताहरुले माग गरेका छन् ।
एमालेको माधव नेपाल पक्षले शनिवार साँझ एक प्रेस विज्ञप्ति जारि गर्दै उपप्रधानमन्त्री महतोले राष्ट्रिय हित र अखण्डता
विरोधी अभिव्यक्ति दिएकाले त्यसबारे प्रधानमन्त्रीले स्पष्ट पार्नुपर्ने माग गरेका हुन् ।
“प्रधानमन्त्री केपी ओलीबाट उपप्रधानमन्त्री पदमा नियुक्त राजेन्द्र महतोले सरकारमा जाना साथ विगतमा टुंगो लागिसकेको तथा संविधान सभा र नेपाली जनताबाट अस्वीकृत नेपाललाई बहुराष्ट्रिय राज्य बनाउने भन्ने कुरालाई पुनः दोहोर्याई यसका लागि कथित मुक्ति संग्रामको कुरा गरि राष्ट्रिय हित र अखण्डता विरोधी अभिव्यक्ति दिनु निन्दनीय छ”, जारि विज्ञप्तीमा उल्लेख छ ।
महतोको अभिब्यक्ति संविधान विपरित रहेकाले देशभक्त नेपालीलाई त्यो स्विकार्य नहुने नेताहरुको भनाई छ ।
“महतोको अभिव्यक्ति नेपालको संविधानको धारा ३ मा उल्लेखित “बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधितामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो” भन्ने व्यवस्थाको विरुद्धमा छ विज्ञप्तिमा भनिएको छ, यो कुनैपनि देशभक्त नेपालीलाई स्वीकार्य हुनसक्दैन। उपप्रधानमन्त्रीको संविधान विरोधी उक्त अभिव्यक्तिबारे प्रधानमन्त्री केपी ओलीबाट स्पष्ट गर्न माग गर्दछौं ।”
जारि विज्ञप्तिमा एमालेका स्थायी कमिटि सदस्यहरु झलनाथ खनाल, माधव कुमार नेपाल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण बिष्ट,योगेश भट्टराई,सुरेन्द्र पाण्डे,मुकुन्द न्यौपाने,रघुजी पन्त,बेदुराम भुसाल, अमृत कुमार बोहरा र प्रमेस हमालको नाम उल्लेख गरिएको छ ।
उपप्रधानमन्त्री महतोले शनिवार पनि आफ्नो भनाई दोहोर्याउँदै नेपाल एकल राज्य नभई बहुलराष्ट्र बनाउनु पर्ने बताएका थिए । महतोको उक्त अभिब्यक्तिलाई लिएर अहिले चर्को विरोध भइरहेको छ ।
जारि विज्ञप्ति पढ्नुहोस









