
काठमाडौं । सर्वोच्च अदालतले सरकारसँग संसद विघटन गर्नुको लिखित कारण माग गरेको छ ।
बुधबार संवैधानिक इजलासमा भएको बहशमा सर्वोच्चले यस्तो माग गरेको हो । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, ईश्वरप्रसाद खतिवडा र डा। आनन्दमोहन भट्टराईको इजलासले सरकारसँग लिखित जवाफ माग गरेको हो ।
विपक्षीले लिखित जवाफ बुझाएपछि असार ९ गतेदेखि यो मुद्दामा निरन्तर सुनुवाइ हुने भएको छ ।
प्रधानमन्त्रीको सिफारीसमा राष्ट्रपतिले जेठ ८ गते मध्यरातमा गरेको संसद विघटन बिरुद्ध ३० वटा रिट परेका छन् । रिट, निवेदकले तत्काल संसद पुनः स्थापना गर्न अन्तरिम आदेशको माग गरेका थिए ।
प्रधानमन्त्री केपी ओलीले गत पुष ५ गते पनि प्रतिनिधिसभा विघटन गरेका थिए । पुष ५ मा विघटित प्रतिनिधिसभा फागुन ११ गतेको सर्वोच्च अदालतको फैसलाले ब्यूँताएको थियो ।










