
काठमाडौं । काठमाडौंको नयां वानेश्वरमा प्रर्दशन गर्ने युवामाथि प्रहरीले लाठी चार्ज गरेको छ । शनिवार साँझ काँग्रेस निकट नेविसंघले नयाँबानेशवरमा उपप्रधानमन्त्री राजेन्द्र महतोको पुत्ला जलाउँदा प्रहरीले लाठी चार्ज गरेको हो ।
प्रहरीको लाठी प्रहारबाट नेविसंघका प्रविण बास्तोला घाइते भएका छन्। उनको टाउको र कानमा चोट लागेको छ। प्रर्दशनकारीहरु निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि प्रहरीले लाठी प्रहार गरेको थियो ।
उपप्रधानमन्त्री महतोले पदभार ग्रहण गरेलगत्तै नेपाललाई बहुराष्ट्रिय राज्य बनाउनु पर्ने अभिब्यक्ति दिएका थिए । त्यसका लागि आफ्नो पार्टी जसपाले आन्दोलन नै गर्ने महतोले बताएका थिए । उनको यो अभिब्यक्तिको विरोध भइरहेको छ । यहिक्रममा नेविसंघले उनको पुत्ला दहन गर्दा प्रहरी हस्तक्षेप भएको हो ।









