जनमोर्चाका सांसद थापा पदमुक्त, पार्टी निर्णय सर्वोच्चद्धारा सदर


काठमाडौं । जनमोर्चाका गण्डकी प्रदेश सांसद कृष्ण थापा पदमुक्त भएका छन् । सोमबार सर्वोच्च अदालतले गण्डकी प्रदेशसभाका सांसद थापालाई पदमुक्त गर्ने जनमोर्चा र गण्डकी प्रदेशसभा सचिवालयको निर्णयलाई सदर गरेपछि उनि पदमुक्त भएका हुन् ।

सर्वोच्चका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले थापालाई उनको पार्टी राष्ट्रिय जनमोर्चाले गरेको निष्कासनको कारबाही कानुन बमोजिम नै रहेको ठहर गर्दै उनीमाथि गरेको कारबाही सदर गरेको हो । यसअघि थापामाथि उनको पार्टीले गरेको कारवाही सार्वेच्चले बदर गर्दै संसद पद जोगाई दिएको थियो ।

शनिवार गण्डकी प्रदेशको नयां सरकार गठनका समयमा थापाले एमाले संसदिय दलका नेता पृथ्वीसुब्बा गुरुङलाई पुनह मुख्यमन्त्रीका लागि सर्मथन गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार