निर्वाचन आयोग सरकारको कठपुतली भई कानुन र लोकतन्त्रको धज्जी उडाइहेको छ– नारायणकाजी श्रेष्ठ


काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ प्रकासले निर्वाचन आयोग सरकारको कठपुतली भएको आरोप लगाएका छन् ।

मंगलबार सामाजिक संजालमा प्रतिकृया लेख्दै नेता श्रेष्ठले आयोग सरकारको कठपुतली भई कानुन र लोकतन्त्रको धज्जी उडाउने काम गरिरहेछ बताएका हुन् ।

उनले ट्वीटरमा लेखेका छन्, “निर्वाचन आयोग सरकारको कठपुतली भई कानुन र लोकतन्त्रको धज्जी उडाउने काम गरिरहेछ । संवैधानिक आयोगको यस्तो कार्य लज्जास्पद र भर्त्सनायोग्य छ । जसपा बारेको पछिल्लो निर्णयमा यो स्पष्ट भएको छ । नेकपाको बारेमा पनि यस्तै गरिएको थियो ।”

नेता श्रेष्ठले अहिलेको राजनीतिक अस्थिरता र संकटको कारण निर्वाचन आयोगको नेकपासम्बन्धी निर्णय पनि भएको दावी गरेका छन् ।

लोकतन्त्र पक्षधर सबै मिलेर संवैधानिक अङ्गहरुको गलत कार्यलाई समयमै रोक्नुपर्नेमा उनले जोड दिएका छन् ।

सजपाका अध्यक्ष उपेन्द्र यादवले कार्यकारिणी समितिको बहुमतबाट अर्का अध्यक्ष महन्थ ठाकुर, नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई दलबाट निष्कासन गरी निर्वाचन आयोगमा जसपाको दर्ता किताबमा रहेको विवरण सच्याउन पत्राचार गरेका थिए । तर त्यसलाई आयोगलाई मानेन् ।

त्यस्तै जसपाका अर्का अध्यक्ष महन्थ ठाकुरले पनि यादवलाई निष्कासन गरेको भन्दै आयोगमा पत्र दिएका थिए, उनले भने कार्यकारिणी समितिको बहुमत जुटाउन सकेका थिएनन् । तर यो विवादमा निर्वाचन आयोगले दुवै पक्षको दावी नपुग्ने भन्दै निष्कासनको कारबाही अमान्य हुने निर्णय सुनाएको थियो ।

यहि बिषयमा अध्यक्ष यादव समुह न्यायका लागि अदालत जाने भएको छ । आदालत जाने बिषयमा उनिहरुले आज कानुन ब्यवसायीहरुसंग छलफल गरिरहेको जनाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार