कैलाली । कैलालीको अत्तरियामा युवक हत्या गर्ने मुख्य अभियुक्तलाई प्रहरीले सार्बजनिक गरेको छ ।
गोदावरी नगरपालिका–१ का २० वर्षीय युवक अरुण भट्टको हत्यामा संलग्न मुख्य अभियुक्तसहित चार जनालाई मंगलबार प्रहरीले सार्बजनिक गरेको हो ।
हत्याका मुख्य अभियुक्त गोदावरी नगरपालिका–२ का २१ वर्षीय विनोद ऐर रहेको प्रहरीले जनाएको छ । मुख्य अभियुक्त ऐरलाई अपराधमा सघाएको भन्दै प्रहरीले धनगढी उमहानगरपालिका–३ का २२ वर्षीय डेविटसिंह ऐर, भजनी २ घर भइ हाल धनगढी–२ मा बस्ने २१ वर्षीया मञ्जु चौधरी खड्का र धनगढी–१३ शिवटोलका २१ वर्षीय लोकेश खत्रीलाई पनि पक्राउ गरेर सार्बजनिक गरेको छ ।
घटनाका मुख्य अभियुक्त विनोदलाई डेविटले मोटरसाइकलमा राखेर भगाउने काम गरेका थिए भने मञ्जु र लोकेशले आफ्नो डेरा कोठामा लुकाउने कार्य गरेको कैलालीका एसपी आभूषण तिमिल्सिनाले बताए । उनिहरुलाइ प्रहरीले आइतबारराति नै धनगढीबाट पक्राउ गरेको जनाएको छ ।
घटनाका मुख्य अभियुक्त ऐर विगतमा पनि विभिन्न आपराधिक क्रियाकलापमा संलग्न र लागू औषध दुव्र्यशनी रहेको एसपी तिमिल्सिनाले बताए ।
भट्टलाई गत शनिवार अत्तरियामा संचालित सुदूरपश्चिम प्रादेशीक महोत्सवबाट फर्किदै गर्दा आर्कमण गरि हत्या गरिएको थियो ।
घटनामा अन्य तीन घाइते भएका छन् । अभियुक्त उपर अवश्यक कारवाही सुरु गरिएको समेत एसपी तिमिल्सिनाले जानकारी दिए ।