प्रचण्ड र विप्लवबीच के भयो कुराकानी, पार्टी एकता हुँदैछ ?

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बीच भेटवार्ता भएको छ ।

बुधबार प्रचण्ड निवास खुमलटारमा भएको भेटवार्तामा विप्लवसंगै उनको पार्टीका नेता धर्मेन्द्र बास्तोला पनि सहभागी थिए ।
शान्तिपूर्ण राजनीतिमा आएपछि विप्लव प्रचण्डलाई भेट्न पहिलो पटक खुमलटार पुगेका थिए ।

केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला सरकारसंग ३ बुँदे सहमती गरेपछि विप्लव समुह शान्तीपूर्ण राजनीतिमा आएको थियो ।
शान्तीपुर्ण राजनीतिमा आएपछि अब विप्लवले के गर्लान ? भन्ने चासो भइरहेका बेला उनले अध्यक्ष प्रचण्डसंग भेटवार्ता गर्नुलाई अर्थपुर्ण मानिएको छ ।

भेटमा विप्लवले प्रचण्डसँग ओली नेतृत्वको सरकारसंग भएको तीन बुँदे सहमति कार्यान्वयन हुन्छ की हुँदैन्, भन्ने जिज्ञासा राखेका थिए । विप्लवको जिज्ञासामा प्रचण्डले ओली नेतृत्वको सरकारमा आफुहरुको पनि सर्मथन र सहभागिता रहेकाले ३ बुँदे सहमति बर्तमान शेर बहादुर देउवा नेतृत्वको सरकारले कार्यान्वयन गर्ने विश्वस दिलाएका थिए ।

ओली नेतृत्वको सरकार ढलेपछि आफुहरुसंगको सहमती कार्यान्वयनबारे विप्लव समुहले अध्यक्ष प्रचण्डसंग छलफल गरेको छ ।
अहिले पनि विप्लवका कतिपय नेता, कार्यकर्ताहरु जेलमै रहेकाले उनिहरुको रिहाईको बिषयमा प्रचण्डसंग गम्भिर छलफल भएको विप्लव समुहले जनाएको छ ।

छलफलका क्रममा विप्लव र प्रचण्डबीच पार्टी एकताबारे ठोस कुरा नभए पनि तत्कालका लागि सहकार्य गरेर अघि बढ्ने सहमती भएको बताइएको छ ।

पछिल्लो समय कम्युनिष्ट राजनीतिमा माओवादी पार्टीबाट छिन्नभिन्न भई विभिन्न समुह र पार्टीमा लागेका नेता, कार्यकर्ताबीच एकता हुनुपर्ने आवाज र छलफल चलिरहेका छन् ।

बलियो गरी उठिरहेको छ । जनयुद्ध र जन आन्दोलनबाट प्राप्त गणतन्त्र, संघियता, धर्मनिरपेक्षता, समावेशिता, समानुपातिक जस्ता महत्वपुर्ण उप्लब्धिहरु नै संकटमा पर्न लागेकाले यसको रक्षाका लागि पनि माओवादीहरुबीच एकता हुनुपर्ने जोडदार आवाज उठिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार