एमाले स्थायी कमिटी बैठक रोक्न माग गर्दै माधव समूहका नेता तुलसीलाल प्रतिष्ठानमा


काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक तुलसीलाल प्रतिष्ठानमा बसीरहेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बैठक तुलसीलाल प्रतिष्ठानको कार्यालय च्यासलमा बसेको हो ।

स्थायी कमिटी बैठक रोक्न माग गर्दै एमालेकै अर्को पक्ष माधवकुमार नेपाल समूहका नेताहरु बैठक स्थलमा पुगेका छन् । बैठक चलिरहेका बेला नेपाल समूहबाट कार्यदलमा रहेका नेताहरु पुगेका छन् ।

बैठक कक्षमा उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण विष्ट, भीम आचार्य र सुरेन्द्र पाण्डे पुगेका छन् । उनीहरुले बैठक स्थगित गरेर सहमति खोज्न आग्रह गर्न आएको बताएका छन् ।

र्बैठकमा माधव नेपाल पक्ष र पार्टी उपाध्यक्ष वामदेव गौतम अनुपस्थित छन् । एमाले प्रवेश गरेका पूर्वमाओवादी नेताहरुको भने उपस्थिति रहेको छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार