
काठमाडौं । नेकपा एमालेको केन्द्रिय कमिति बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने एमाले सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
सोमबार ललितपुरको च्यासलमा बसेको केन्द्रीय कमिटीको बैठकले एमाले सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको प्रवक्ता प्रदिप ज्ञावालीले जानकारी दिए ।
आइतबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालाई एमालेका २२ जना सांसदहरुले पार्टी ह्वीप विपरीत मत दिएकाले उनिहरुसंग स्पष्टीकरण सोधिएको प्रवक्ता ज्ञावालीले प्रष्ट पारे ।
बैठकले पार्टी विवाद समाधानका लागि गठित कार्यादलले पेश गरेको १० बुँदे प्रस्ताव समेत पारित गरेको उनले जानकारी दिए छ ।
एमालेको केन्द्रिय कमिति बैठक भोली बस्नेगरी आजका लागि सकिएको छ ।
एमाले नेता भिम रावलले सांसद पदबाट दिएको राजीनामालाई पार्टीले कसरीले दिएको छ, भन्ने संचारकर्मीको प्रश्नमा प्रवक्ता ज्ञावालीले भने, ‘सासंदबाटै राजीनामा नदिएको भए हुन्थ्यो, पार्टीमा छलफल गर्न सकिन्थ्यो ।’










