माओवादी केन्द्रको स्थायी कमिटी बैठक सकियो, साझा कार्यक्रम गरी सरकार सञ्चालन गर्ने निर्णय


काठमाडौं । नेकपा माओवादीले साझा कार्यक्रम गरी सरकार सञ्चालन गर्नुपर्ने निर्णय गरेको छ । आज बसेको स्थायी कमिटी बैठकले अहिलेको समयमा सबैलाई समेट्ने गरी साझा नीति तथा कार्यक्रम आवश्यक भएकाले यस्तो निर्णय गरेको बताएको छ ।

शेरबहादुर देउवा नेतृत्वको सरकार सफल बनाउन लागि परेका सबै गठबन्धनबीच साझा कार्यक्रम बनाउनु पर्ने माओवादी केन्द्रको ठहर छ ।
केपी शर्मा ओलीको प्रतिगामी कदम असफल पार्न सहयोग गर्ने सवैलाई धन्यवाद दिदै गठबन्धनको सरकारलाई सफल बनाउन साझा नीति तथा कार्यक्रम वा न्युनतम साझा प्रतिवद्धता आवश्यक भएको केन्द्रले बताएको छ ।

त्यस्तै माओवादीले प्रतिगमन विरुद्धको संघर्ष सकिएपछि र नयाँ सरकार गठन भएर विश्वासको मत समेत लिइसकेकाले पार्टीलाई व्यवस्थित ढंगले सञ्चालन गर्न ध्यान केन्द्रीत गर्ने भएको छ ।

आजको बैठकमा सरकारमा सहभागि हुने विषयमा भने छलफल नभएको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार