
काठमाडौँ । नेकपा एमालेका प्रभावशाली नेता डा. भीम रावलले अन्नत राजीनामा फिर्ता लिएका छन् । नेता रावलले आज सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर राजीनामा फिर्ता लिएका हुन् ।
पार्टी अध्यक्ष केपी शर्मा ओली, बरिष्ठ नेता माधव कुमार नेपाल लगायत सुदूपश्चिम प्रदेशका सांसद, नेता, कार्यकर्ताबाट रावललाई राजीनामा फिर्ता लिन दबाब आएपछि रावलले राजीनामा फिर्ता लिएका हुन् ।
अछामबाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित नेता रावलले पार्टी विवादमा सांसद पदबाट नै राजीनामा दिएका थिए ।
प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा साउन ३ गते विश्वासको मत लिनु अघि रावलले सांसदबाट राजीनामा दिएको घोषणा गरेका थिए । त्यसबखत उनलाई एमाले नेताहरुले राजीनामा नदिन आग्रह गर्दा गर्दै पनि उनले राजीनामा गरेको संचारकर्मी समक्ष घोषणा गरेका थिए ।










