
काठमाडौं । नेपाली कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारी बैठक बस्दैछ । बैठक कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा बस्दैछ ।
बैठकमा पार्टीको १४औं महाधिवेशनको कार्यतालिका परिमार्जन गर्नेबारे छलफल हुने बताइएको छ । बैठकमा पार्टीका शीर्षनेतासहित पदाधिकारीको सहभागिता रहने छ ।
यसअघि देखि नै पार्टीको महाधिवेशनको कार्यतालिका परिमार्जन गर्नेबारे नेताहरुबीच छलफल भएपनि ठोस मिति भने तय भइसकेको छैन । कार्यतालिका अनुसार १२ साउनमा वडा अधिवेशन हुनुपर्नेमा अहिलेसम्म क्रियाशील सदस्यता टुंगिएको छैन ।









