
काठमाडौं । जनता समाजवादी पार्टी नेपालको विवादमा कार्यकारिणी सदस्य एवं प्रतिनिधिसभा सदस्य रेशम चौधरी तटस्थ बसेका छन् । आज दिउँसो हेड काउन्टका लागि निर्वाचन आयोग पुगेका उनी तटस्थ बसेर फर्किएका छन् ।
उपेन्द्र यादव र महन्थ ठाकुरमध्ये कुन पक्षमा सनाखत गर्ने भन्ने विषयमा आफूले नेताहरूसँग छलफल गरेर मात्र निर्णय लिने बताएका छन् । । चौधरीले आफूहरूको छुट्टै मुद्दा र समस्या रहेको जिकिर गर्दै नेताहरूले यसबारे के गरिरहेको छ भनेर बुझ्ने र त्यसपछि मात्र सनाखतबारे निर्णय लिने बताए ।
चौधरी यादव र ठाकुरमध्ये कुन पक्षमा जाने भन्ने विषयमा सनाखत गर्न डिल्लीबजार कारागारबाट प्रहरीको गाडी चढेर निर्वाचन आयोग पुगेका थिए ।










