प्रधानमन्त्री देउवा र प्रचण्डबीच बालुवाटारमा भेटवार्ता, के भयो छलफल ?


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान भएको भेटवार्तामा सत्तापक्ष गठबन्धन र मन्त्रिपरिषद् विस्तारका बिषयमा छलफल भएको बताइएको छ ।

मन्त्रिपरिषद् विस्तार हुँदा माओवादीबाट कसलाई मन्त्री बनाउने भन्ने बिषयमा प्रचण्डले पार्टीभित्र पनि छलफल गरेका थिए । पार्टीमा मन्त्रीका लागि आकाँक्षी धेरै भएकाले आफु तनावमा पनि रहेको उनले बताएका थिए ।

हिजो मात्रै जसपाको आधिकारिकता सम्बन्धी विवाद टुंगो लागेपछि प्रधानमन्त्री देउवा मन्त्रिपरिषद विस्तार गर्ने तयारीमा छन् ।
निर्वाचन आयोगले जसपाको आधिकारीकता उपेन्द्र यादवलाई दिएपछि अब जसपा र माओवादीलाई समेटेर देउवाले छिट्टै मन्त्रिपरिषद् विस्तार गर्नेछन् ।
गत असार २९ गते प्रधानमन्त्री नियुक्त भएका देउवाले कांग्रेस र माओवादीबाट दुई–दुई जना गरी चार जना मात्र मन्त्रीहरु बनाएर मन्त्रिपरिषद् बिस्तार गरेका थिए । आइतबार मात्रै देउवाले स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार