
काठमाडौं । नेपालमा कोरोना संक्रमण फेरि बढ्न थालेपछि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी०को बैठक आज बस्दै छ । प्रधानमन्त्रीको सचिवालयले दिएको जनाकारीअनुसार अपरान्ह ४ बजे सिंहदरबारमा सीसीएमसीको बैठक बस्नेछ ।
बैठकमा बढ्दे गइरहेको संक्रमण रोकथामको उपायका सन्दर्भमा छलफल हुने छ ।
पछिल्लो समय संक्रमित संख्या बढ्दै गएपछि काठमाडौं उपत्यका लगायत द्शका विभिन्न ठाँउमा अस्पतालका आईसीयू र भेन्टिलेटर फेरि भरिन थालेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कोरोनाबाट बच्नका लागि सबै नेपालीलाई छिटो भन्दा छिटो कोरोना खोप लगाउने वातावरण मिलाउन भन्दै हिजो अर्थमन्त्री जनार्दन शर्माले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई भेटेर छलफल गरेका थिए । भेटमा अर्थमन्त्री शर्माले खोप किन्न्बारे समेत छिटो पहल गर्न मन्त्री श्रेष्ठलाई निर्देशन दिएका थिए ।










