नेपाली क्रिकेट टिमलाई ऐतिहासिक सफलता,यूएईविरुद्ध सानदार जित

काठमाडौं । नेपाली क्रिकेट टिमले पहिलो पटक युएईविरूद्धको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो सिरिज जितेको छ । कप्तान पारस खड्काको अलराउण्ड प्रदर्शनमा नेपालले सिरिज जितेको हो ।

घरेलु टिम युएईलाई तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रियमा पराजित गर्दै नेपालले जित हात पारेको छ। सिरिज जितको लागि निर्णायक बनेको तेस्रो खेलमा नेपालले युएईलाई ४ विकेटले पराजित गरेको हो।

युएईमा जारि सिरिज अन्तर्गत पहिलो खेल ३ विकेटले हारे पनि दोस्रो खेलमा १४५ रनको जित दर्ता गर्दै सिरिज बराबरी गरेको थियो। युएईले दिएको २५५ रनको लक्ष्य नेपालले ४४.४ ओभरमा ६ विकेट गुमाउँदै पुरा गर्‍यो।

यो सँगै नेपालले युएईविरूद्धको सिरिज २-१ ले आफ्नो पक्षमा पारेको हो। नेपालको जितमा कप्तान पारस खड्का नायक सावित भए। नेपालका लागि पहिलो एक दिवसीय सतक बनाएका खड्काले १०९ बल खेल्दै ११५ रन बनाएका थिए।

पारसले ऐतिहासिक उपलब्धि हाँसिल गर्ने क्रममा १३ चौका र १ छक्का प्रहार गरेका थिए। यसअघि उपकप्तान ज्ञानेन्द्र मल्लले ३१ रन बनाउँदा सुन्दीप जोराले १९ रन जोडे। एक दिवसीयमा डेब्यू गरेका जोराले २० बल खेल्दै १ छक्का र १ चौका प्रहार गरेका थिए।

यस्तै रोहित कुमार पौडेलले  १६ रन बनाउँदा बिनोद भण्डारीले ९ रन जोडे। दीपेन्द्र सिंह ऐरी ६ रनमा आउट भएका थिए। यस्तै आरिफ शेखले २१ रन बनाउँदा सोमपाल कामीले २६ रन बनाएर नटआउट रहे।  नेपालले पहिलो पटक सिरीज जितेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार