ओलीले देउवालाई हात जोड्दै भनेः ‘पिलिज मेरो पार्टीका मान्छेलाई मन्त्री बनाइदिनुस्’


काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षलाई मन्त्री बनाइदिन प्रधानमन्त्री शेरबहादुर देउवासँग आग्रह गरेका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै ओलीले आफ्नो दललाई केही घाटा भएपनि नेपाल पक्षलाई मन्त्री बनाइदिन हात जोडेरै प्रधानमन्त्री देउवासँग आग्रह गरेका हुन् ।

“पछि पछि कुदेका छन्, फ्याँफ्याँ, स्वाँस्वाँस्वाँ गरेका छन् । मन्त्री खानपाउँ भनेका छन्। बिहान बेलुकै चाकरीमा हाजिर भएका छन् । मन्त्री दिनुस् प्लिज ?” ओलीले देउवालाई हात जोड्दै भने ।

आफ्नो पार्टीलाई घाटा भएपनि नेपाल समुहलाई मन्त्री बनाईदिन ओलीले देउवालाई आग्रह गरेका छन् । “सम्माननीय प्रधानमन्त्रीज्यू मेरै पार्टीका केही मान्छेहरू पाउँला र खाउँला भनेर तपाईँका पछि कुदेका छन् । सम्माननीय प्रधानमन्त्रीज्यू तिनीहरूलाई मन्त्री दिनुस् न , किन विलम्ब गर्नुभएको ?, हिरिक्क हिरिक्क भएका छन् विचराहरू मन्त्री खानका लागि प्लिज ?” ओलीले भने ।

ओलीले असंवैधानिक ढंगले संसद विघटन गरेपछि उक्त कदमविरुद्ध एमालेको नेपाल पक्षसहितको पाँच दलको गठबन्धन सर्वोच्च गएको थियो ।
सर्वोच्चले ओलीको गरेर संसद विघटनलाई असंवैधानिक भन्दै बदर गरिदिएको थियो । त्यसपछि एमालेमा पार्टी विवाद झन चर्किएको छ । फुटको संघारमा रहेको एमालेको ओली समुह र नेपाल समुह छुट्टा छुट्टै पार्टी गतिविधि गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार