
काठमाडौं । नेकपा एमाले फुटेपछि नेता माधव कुमार नेपालको थप सुरक्षा बढाइएको छ । एमाले फुटेर नेता नेपालले नेकपा एमाले (समाजवादी) राखेपछि उनको सुरक्षामा चुनौती आउन सक्ने भन्दै आजैदेखि एउटा गाडीसहित पाँच जना सुरक्षाकर्मी थप खटाएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
पार्टी दर्ताका लागि निर्वाचन आयोगमा आज निवेदन दर्ता भएपनि चुनाव चिन्ह भने राखिएको छैन् । यसअघि चुनाव चिन्ह खुल्ला किताब प्रस्ताव गरिएको भएपनि अर्कै पार्टीसँग जुधेकाले हटाइएको माधव नेपाल निकट एक नेताले जानकारी दिए ।
यसअघि नेता नेपालको सुरक्षामा नेपाल प्रहरीका दुई जना र सशस्त्रको गाडीसहितको टोली सुरक्षामा खटिएको थियो।











