
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार ४०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार शुक्रबार विभिन्न जिल्लामा गरिएको २२ हजार ३५३ पीसीआर परीक्षणमा ८ हजार ४०७ जनामा कोरोना पुष्टि भएको हो । योसंगै नेपालमा हालसम्म संक्रमितको संख्या ४ लाख ९७ हजार ५२ पुगेको छ ।
यस्तै आज मात्रै कोरोना निको भएर देशका विभिन्न अस्पतालहरुबाट ७ हजार ८९० जना घर फर्केका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको संख्या ३ लाख ७४ हजार ८३६ पुगेको समेत मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले दिएको जानकारी अनुसार आज नेपालमा कोरोनाबाट थप १७७ जनाको मृत्यु भएको हो । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ हजार २४ पुगेको छ ।











