उपत्यकामा हर्न बजाउन निषेधमा थप कडाइ

काठमाडौँ । काठमाडौं उपत्यकालाई ध्वनी प्रदूषणमुक्त शहर बनाउनका लागि हर्न बजाउन गरिएको निषधमा थप कडाई गरिएके छ । ट्राफिक प्रहरीले उपत्यकालाई ध्वनी प्रदूषणमुक्त बनाउनका लागि हर्न कारवाहीलाई थप कडाइ गरेको हो।

उपत्यकाभित्र ध्वनि प्रदूषणको समस्या गम्भीररूपले बढ्दैगएपछि त्यसलाइृ पुर्णरुपमा नियन्त्रण गर्न हर्न बजाएर गुड्ने सवारीसाधनमाथि थप हर्नमा कडाइ गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । हर्न बजाउने त्यस्ता सवारीसाधनलाई महाशाखाले सोमबार मात्रै ४१३ लाई कारवाही गरेको छ ।

महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्त अनुसार ध्वनि प्रदूषणले श्रवणशक्तिमा ह्रास हुने, रक्तचाप बढ्दै जाने, हृदयाघात हुने, पक्षघात हुने, श्वासप्रश्वास प्रणालीमा असर हुने, स्मरण शक्तिमा कमी आउने, अशक्त, बालबालिका, ज्येष्ठ नागरिक र गर्भवती महिलालाई बढी असर हुने भएकाले कारवाहीलाई तीव्रता दिइएको हो। उपत्यकालाई ध्वनी प्रदूषणमुक्त गर्ने उदेश्यका साथ विसं २०७४ वैशाख १ देखि उपत्यकालाई पूर्ण हर्न निषेध क्षेत्र घोषणा गरिएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार