अध्यक्ष प्रचण्डले भनेः ‘एमाले समाजवादी सनाखत लगत्तै मन्त्रिपरिषद् विस्तार हुन्छ’


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माधव नेपाल नेतृत्वको नयां दल नेकपा एमाले समाजवादी दर्ता लगत्तै मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् ।

बिहीबार काठमाडौंमा ओयोजित एक कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले नेता नेपालको नयां दल सनाखत भए लगत्तै मन्त्रिपरिषद् बिस्तार हुने बताएका हुन् ।

‘माधवकुमार नेपालले एमाले हिजो समाजवादी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिनुभएको छ। राजनीतिक दलसम्बन्धी अध्यादेशअनुसार नियमावली बन्न बाँकी छ, त्यो बनेर सनाखत हुन्छ, लगत्तै एकैदिनमा मन्त्रिपरिषद् बिस्तार हुन्छ,’अध्यक्ष प्रचण्डले भने।

अध्यक्ष प्रचण्डले बिहीबार विहान प्रधानमन्त्री शेरबहादुर देउवा, आफू र एमाले समाजवादीका अध्यक्ष नेपालबीच भेटवार्ता भएको समेत बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार