
काठमाडौं । महन्थ ठाकुर पक्षले पनि आफ्नो नयां पार्टीको नाम फेरेको छ। आज निर्वाचन आयोग पुगेका नेताहरुले पार्टीको नयाँ नाम ‘लोकतान्त्रिक समाजवादी पार्टी’ राखेका हुन्। यसअघि उक्त पक्षले आयोगमा पार्टीको नाम ‘जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक)’ दर्ताका लागि निवेदन दिएका थियो ।
सरकारले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत संख्या पुर्याएर पनि पार्टी फुटाउन सक्ने दल सम्बन्धी अध्यादेश ल्याएपछि तात्कालिन जसपा र नेकपा एमाले पार्टी फुटेर नयां दल खोलिएका हुन् ।
आफ्ना नयां दलले कार्यकारिणी समितिमा ७ जना महिला थपेर ३१ सदस्यीय बनाइएको नेता केशव झाले जानकारी दिए । उनकाअनुसार शरतसिंह भण्डारीलाई पनि पार्टीको वरिष्ठ नेतामा राखिएको छ । यसअघि अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो वरिष्ठ नेता थिए ।










