प्रधानमन्त्री देउवाको प्रमुख स्वकीय सचिवमा भानु देउवा नियुक्त


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख स्वकीय सचिवमा भानु देउवा नियुक्त भएका छन् । उनलाई आज औपचारिकरुपमा नियुक्ति दिइएको हो । यसअघि पनि उनले नै देउवाको प्रमुख स्वकीय सचिवको जिम्मेवारी निभाउँदै आएका थिए ।

प्रधानमन्त्री देउवाको यसअघिको प्रधानमन्त्री कालमा पनि भानुले नै प्रमुख स्वकीय सचिव भएर काम गरेका थिए । प्रधानमन्त्री देउवाको सचिवालयमा अन्य नियुक्ती भने अझै हुन सकेका छैनन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार