माधव नेपालसहितका नेताहरुको चन्द्रागिरि रिसोर्टमा यस्तो बन्दैछ रणनीति

काठमाडौं । एमालेबाट बिद्रोह गरी नयां पार्टी खोलेका पूर्वप्रधानमन्त्री माधव नेपालसहितका केन्द्रिय नेताहरु काठमाडौंको चन्द्रागिरि रिसोर्टमा पुगेका छन् ।

नेता नेपालले आफ्नो नयां पार्टी ‘नेकपा (एकीकृत समाजवादी)’ का केन्द्रिय सदस्यहरुलाई छलफलका लागि चन्द्रागिरि पुर्याएका हुन् ।
नयां पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका उनले पार्टी दर्ताको प्रमाण पत्र लिन चाहिने सनाखतबारे आवश्यक छलफलका लागि नेताहरुलाई एकान्त ठाउँ चन्द्रागिरि लगेका हुन् ।

चन्द्रागिरि रिर्सोटमा नेताहरुले पार्टीको भावी रणनीति र ‘जनताको बहुदलीय समाजवाद’ को विषयमा पनि छलफल हुने एक केन्द्रिय नेताले बताए । पार्टीको सनाखत कार्यलाई प्रभावित पार्न आफ्ना नेताहरुलाई अल्मल्याउन सक्ने भन्दै भोलीसम्म रिर्सोटमै बस्ने र पर्सी बुधबार त्यँहीबाट निर्वाचन आयोगमा सनाखतका लागि जाने योजना रहेको समेत ति नेताले बताए । बुधबार सनाखतका लागि आयोगले बोलाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार