माधव नेपाल आज पार्टी सनाखतका लागि निर्वाचन आयोग जाँदै

काठमाडौं । माधव नेपाल लगायतका नेताहरु आफ्नो नयां दल ‘नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)’ लाई सनाखतका लागि आज निर्वाचन आयोग जाँदैछन् ।

नयां दल दर्ताको प्रमाण पत्र लिनका लागि आयोगमा दलका २० प्रतिशत केन्द्रिय सदस्य वा सांसद संख्या सनाखतका लागि आयोगमा स्वयम उपस्थित हुनुपर्ने भएकाले उनिहरु आयोग जान लागेका हुन् । नेता नेपालले ९५ जना केन्द्रीय सदस्य र ३१ जनाभन्दा बढी सांसदको नामावलीसहित नयाँ दल दर्ता गराएका थिए ।

संसदीय दल र केन्द्रीय समितिमा २० प्रतिशतको समर्थनमा दल विभाजन हुनसक्ने राजनीतिक दलसम्बन्धी अध्यादेश जारी भएसँगै नेकपा एमाले औपचारिक रूपमा विभाजित भई नेता नेपालले नयां दल खोलेका थिए।

यस्तै जनता समाजवादी पार्टी विभाजित भई महन्थ ठाकुरको नेतृत्वमा खुलेको नयां दल ‘लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)’ लाई पनि आयोगले आज सनाखतका लागि बोलाएको छ ।

दुबै नयां दललाई आज बिहान १०ः३० देखि दिउँसो २ बजेभित्र सनाखतका लागि बोलाएको आयोगका राजकुमार प्रवक्ता श्रेष्ठले बताए। दुबै दल दर्ताका लागि भदौ ४ गते आयोग गएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार