कांग्रेसको पौडेल पक्षका जिल्ला सभापतिहरु आजबाट अनशनमा


काठमाडौं । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरु आजदेखि अनशनमा बस्ने भएका छन् । क्रियाशील सदस्यको नामावली सार्वजनिक गर्नुपर्ने लगायतका तीन बुँदे माग राख्दै आजदेखि जिल्ला सभापतिहरुले २४ घण्टे रिले अनशन सुरु गर्न लागेका हुन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबा हिजो धर्नामा बसेका जिल्ला सभापतिहरुले पार्टीलाई थप दबाब दिन रिले अनशन सुरु गर्न लागेको बताएका छन् ।

आफ्ना माग पुरा नभएसम्म अनशनलाई जारी राख्ने समेत उनिहरुको योजना छ । कांग्रेसले १४ औं महाधिवेशन मंसिर ९ देखि १३ सम्म गर्ने गरी कार्यतालिका सार्वजनिक गरिसकेको । महाधिवेशन आउनै लाग्दा कृयाशिल सदस्यताबारे काँग्रेसमा किचलो भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार