
काठमाडौं । नेता माधव नेपाल आफ्नो नयां दल नेकपा एकीकृत समाजवादी सनाखतका लागि निर्वाचन आयोग पुगेका छन् । उनको नयां दलका नेताहरु पनि सनाखतका लागि आयोग पुगेका छन् ।
राजनीतिक दलसम्बन्धी अध्यादेशअनुसार दल विभाजनका लागि संसदीय दल वा केन्द्रीय कमिटीको २० प्रतिशत सदस्य चहिने भएकाले नेपाल समुह नयां दल सनाखतका लागि आयोग पुगेका हुन् । सनाखतका लागि आयोगले उनिहरुलाई आज आयोग बोलाएको थियो ।










