ईटा भट्टामा जिँउदै मान्छे जलाएर मारेको अभियोगमा थुना रहेका आलमको मुद्दा आजपनि भएन सुनुवाइ


काठमाडौं । नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद आफताब आलमको मुद्दामा आज पनि सुनुवाइ भएन । विपक्षीको कानुन व्यवसायीबाट सुनुवाई स्थगितको माग भए बमोजिम आज पनि उक्त मुद्दामा सुनुवाई हुन नसकेको हो ।

सर्वोच्च अदालतले आलमको मुद्दामा सुनुवाइका लागि न्यायाधीशद्वय प्रकाशमानसिंह राउन र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासमा पेसी तोकेको थियो । आलमको मुद्दामा पेसी तोकेर पनि विभिन्न कारणले सुनुवाई रोकिदै आएको छ ।

रौतहटको एक इँटा भट्टामा मानिसहरुलाई जिउँदै जलाएर हत्या गरेको अभियोगमा २०७६ असोज २६ मा पक्राउ परेका आलमलाई जिल्ला अदालत र उच्च अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो । उक्त आदेशविरुद्ध आलमले आफुलाई रिहा गर्नु पर्ने भन्दै सर्वोच्च अदालतमा निवेदन दिएका छन् । आलमको सोही निवेदनमाथि सुनुवाइका लागि पेसी तोकिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार