अर्थमन्त्री शर्माको वाईसीएललाई निर्देशनः ‘कार्यकारी राष्ट्रपतिको मुद्दामा अघि बढ्नुस’


काठमाडौँ । नेकपा माओवादी केन्द्रका संगठन विभाग प्रमुख जनार्दन शर्माले योङ कम्युनिस्ट लिग (वाईसीएल) लाई कार्यकारी राष्ट्रपतिको मुद्दा उठाएर अघि बढ्न निर्देशन दिएका छन् ।

शनिवार काठमाडौंमा आयोजित वाईसीएलको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै सरकारका अर्थमन्त्री समेत रहेका शर्माले विगतमा पार्टीले उठाउँदै आएका मुद्दालाई बोकेर अघि बढ्न निर्देशन दिएका हुन् ।

‘पार्टीले उठाएको कार्यकारी राष्ट्रपतिको कुरा, समानुपातिक निर्वाचन, पहिचान र विशेष अधिकारका मुद्दा अझै बाँकी छन् । ती मुद्दाहरू समातेर अअघि बढ्नुस्’, मन्त्रि शर्माले भने ।

संविधानसभाको निर्वाचनमा माओवादीले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको शासकीय प्रणालीमा जानुपर्ने माग उठाएको भएपनि अन्य राजनीतिक दलहरु सहमत नभएपछि माओवादी संविधानमा कार्यकारी प्रधानमन्त्रीय ब्यवस्थामा सहमत भएको थियो ।

वाईसीएलले सामाजिक, सांस्कृतिक र आर्थिक रूपान्तरणको मुद्दा बोकेर पनि अघि बढ्नुपर्ने शर्माको भनाई छ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार