सिंहदरबारमा प्रचण्ड– माधवबीच भेटवार्ता, भदौ २२ पछि मात्रै सरकारले पुर्णता पाउने


काठमाडौं । सत्तारुढ गठबन्धन दल नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित आज बिहान भएको ‘वान टु वान’ वार्तामा सरकारको पुर्णता र समसामहिक राजनीतिक बिषयमा दुबै नेताबीच छलफल भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले बताए ।

सत्ता गठबन्धनमा रहेका नयां दलहरुलाई निर्वाचन आयोगले जनप्रतिनिधिहरुलाई दल रोज्ने विकल्प भदौ २२ गतेसम्म दिएकाले त्यसअघि सरकारले पुर्णता नपाउने निश्चित छ । यहि बिषयमा समेत प्रचण्ड र नेपालबीच छलफलको बताइएको छ ।

एमालेबाट अलग भएको नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी ९जसपा०बाट अलग भएको लोकतान्त्रिक समाजवादी पार्टीका प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरुको सनाखत गर्ने क्रम जारी समत रहेको छ । यि दलहरुले भदौ २२ गतेसम्म सनाखतको काम सकेपछि सरकारमा सहभागी हुनेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार