
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँण र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ बीच भेटवार्ता भएको छ ।
शुक्रबार गृहमन्त्रालयमा गृहमन्त्री खाण र प्रवक्ता प्रकाण्डबीच भेटवार्ता भएको हो । भेटमा विप्लव र सरकारबीच ३ बुँदे सहमतीको कार्यान्वयन, नेकपाका बन्दी नेता, कार्यकर्ताको रिहाइ, दार्चुला घटना, एमसीसी र वर्तमान राजनीतिक परिस्थितिबारे छलफल भएको नेकपाले जनाएको छ।
विप्लव नेतृत्वको नेकपा र अघिल्लो सरकारबीच ३ बुँदे सहमती भएको थियो । सहमतीअनुसार थुनामा रहेका नेकपाका नेता तथा कार्यकतालाई निशर्त रिहा गनुपर्ने लगायतका बुँदा रहेका छन् । भूमिगत राजनीतिबाट विप्लव नेतृत्वको नेकपा खुला राजनीतिमा आएपछि उसले विभिन्न पार्टीहरुसंग छलफल गरिरहेका छ । उसको अबको राजनीति कस्तो हुने भन्नेबारे धेरैको चासो रहेको छ ।










